राजनीति

प्यानलसहित सभापतिको उम्मेदवारी दर्ता गर्दै डा.शेखर कोइराला (पदाधिकारीको नामसहित)

By खबरहब

December 11, 2021

काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा.शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दिने भएका छन् ।

संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न सफल नभएपछि कोइरालाले आफ्नै नेतृत्वमा प्यानल तयार पारेका हुन् । कोइरालाले उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीलाई तयार गरेका छन् । यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिने तयारी भएको छ ।

सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बन्ने तयारी गरेका छन् ।