फाइल फोटो

राजनीति

देउवाले सभापतिमा दिए उम्मेदवारी, प्रस्तावकमा सिटौला

By खबरहब

December 11, 2021

काठमाडौँ– शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो कार्यकालका लागि देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको उम्मेदवारीमा नेता कृष्णप्रसाद सिटौला प्रस्तावक रहेको उनी निकट स्रोतले जनायो । सो प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदार उम्मेदवार बन्ने भएका छन् ।

उनको समूहबाट महामन्त्रीका उम्मेदवार डा प्रकाशशरण महत र प्रदीप पौडेल हुने भएका छन् । ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यका उम्मेदवार पनि टुंगो लगाइएको छ।

महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाको नाम टुंगो लगाएको छ ।

यस्तै खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।