dxflwj]zgdf ljleGg bnsf cWoIfnufot ;xefuLx? sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg sfo{qmd:yn e[s'6Ld08kdf z'qmaf/ ljleGg bnsf cWoIf tyf g]tfx? ;xefuL x'Fb} . t:jL/ M /Tgs[i0f >]i7÷/f;;

राजनीति

कांग्रेस महाधिवेशन : ६ जना बने सभापतिको उम्मेदवार, मुख्यप्रतिस्पर्धा देउवा–कोइरालाबीच हुने

By खबरहब

December 11, 2021

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका छन् ।

अहिले पाँच बजेपछि उम्मेदवार दर्ताको समय सकिएको छ । निर्वाचन समितिले उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ ।

सभापतिका लागि ६ जनाको उम्मेदवारी परेसँगै पहिलो चरणमै कांग्रेसले नेतृत्व पाउने सम्भावना कम बनेको छ । ४७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने चुनावमा सभापतिमा विजयी हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले सो मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ ।

६ जना उम्मेदवार भए पनि मुख्यप्रतिस्पर्धा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने देखिएको छ । यी दुई उम्मेदवारबाहेक अरु उम्मेदवारले पूर्ण प्यानलसहित उम्मेदवारी दिएका छैनन् । त्यसैले पनि अरु उम्मेदवार भन्दा देउवा र कोइराला नै बलियो रहेको कांग्रेस नेताहरुले विश्लेषण गरेका छन् ।

१३ औँ महाधिवेशनपछि अस्तित्वमा रहेका देउवा र पौडेल समूहमै विभाजन भएको छ । देउवा समूहबाट विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवार बनेका छन् भने पौडेल समूहबाट कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् ।

त्यसैले पनि कांग्रेसको सभापति को बन्छ भन्ने विषय अनुमान गर्न कठिन बनेको छ ।