अन्तर्राष्ट्रिय

अमेरिकाको केन्टकीमा भयानक तुफान, ५० भन्दा धेरै मारिएको आशंका

By खबरहब

December 11, 2021

वासिङ्टन– अमेरिकाको केन्टकी राज्यम भयानक तुफान आएको छ । तुफानका कारण कम्तिमा ५० जना मारिएको आशंका गरिएको छ । राज्यका गभर्नर एण्डी बेसियरले केन्टकीको इतिहासमै सबैभन्दा भयानक तुफान आएको बताएका छन् ।

उनले तुफानका कारण मारिएको संख्या १०० सम्म पुग्नसक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । तफानका कारण अमेजनको वयेरहाउसमा क्षति भएको र त्यहाँ १०० जना श्रमिक फसेको बताइएको छ । गभर्नर बेसियरले ती मध्ये १२ जनाको मृत्यु हुन सक्ने बताएका छन् ।

प्रशासनिक अधिकारीहरुले तुफानका कारण भएको क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको बताएका छन् । पछिल्ला दिनहरुमा भयानक तुफानका घटनाहरु भइरहेको जनाइएको छ । एजेन्सी