फाइल फोटो

राजनीति

नेकपाका नेताको प्रदर्शन राष्ट्रको ढुकुटी सक्ने प्रपञ्च – अध्यक्ष केसी

By खबरहब

February 12, 2021

अर्घाखाँची– नेकपाका नेताको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले राष्ट्रको ढुकुटी सक्ने प्रपञ्च भनेका छन् ।

प्रगतिशील पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाए ।

अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिताभन्दा सत्ता र स्वार्थमा लागेको आरोप लगाए ।

भारतले हडपेको लिम्पियाधुरा र कालापानी लगायतको भू–भाग समेटेर नक्सा सार्वजनिक गरेपछि उनीहरूकै इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको समेत आरोप लगाए ।

अध्यक्ष केसीले मुलुकमा अस्थिर राजनीतिका कारण राजावादीहरूसमेत सलबलाएको टिप्पणी गरे ।