रोचक/विचित्र संसार

आगोको लावा निस्किरहेको ज्वालामुखीमा बन्यो पिज्जा

By खबरहब

June 12, 2021

विश्वमा पिज्जाका पारखीको कमी छैन । शहरबजार सर्वत्र पिज्जा पाउने गरिन्छ । तर यो कोरोना कालमा निषेधाज्ञाका कारण कतिले पिज्जा खाने चाहलाई घरभित्रै माइक्रोवेवमा बनाएर पुरा गर्दछन् । तर कसैले ज्वालामुखीमा पिज्जा बनाए भन्दा पत्याउनु हुन्छ ?

ग्वाटेमालामा अहिले पनि एक्टिव ज्वालामुखी छ । डेविड गार्सिया नामक एक व्यक्तिले भरभराउँदो आगोको लप्का निकालिरहने लाभासहितको त्यहि ज्वालामुखिमा पिज्जा बनाएका छन् । ग्वाटेमाला ज्वालामुखीको १ हजार डिग्री सेल्सियसमा डेविडले बीफ पिज्जा बनाए ।

डेविडले पिज्जा बनाउन लाभा माथि ताप्के बसाए र ताप्केमा पिज्जा बेस राखे । त्यसमाथि चीज र बीफ हालेर पिज्जा बेक (पकाए) । उनको यो कारनामा भाइरल बन्यो । किनभने कसैले पनि अहिलेसम्म १ हजार डिग्री सेल्सियसमा पिज्जा पकाएको छैन ।

एक्टिव ज्वालामुखीमा पिज्जा बनाउनु सजिलो भने थिएन । यसकालागि डेविड निकै तयारी गरेका थिए । उनले हातमा प्रोटेक्टिव ग्लव्स (पञ्जा) लगाएका थिए । साथै हावाको दिशा समेत ध्यानमा राखिएको थियो । ज्वालामुखिको अत्यधिक तापको कारण १४ मिनेटमै पिज्जा तयार भयो । एजेन्सीको सहयोगमा