रोचक/विचित्र संसार

२७० डिग्रि टाउको घुमाएर भाइरल बन्यो उल्लु

By खबरहब

August 12, 2021

सामाजिक सञ्जालमा बेलाबेलामा विभिन्न जनावरका भिडियो, तस्बिर भाइरल हुदैँ आएका छन् । यसैबीच अहिले एउटा उल्लुको भिडियो भाइरल बनेको छ ।

उल्लूलाई धेरैले शुभ मान्छन् भने कतिपयले अशुभ मान्दछन् । धार्मीक राय अनुसार उल्लु प्रति आआफ्नै धारणा हुन सक्छ । तर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोले धेरैको मन जितेको छ । खासमा यस भिडियोमा उल्लुले २७० डिग्रीसम्म टाउको घुमाएर चर्चामा आएको छ ।

भिडियोको शुरुवात उल्लु भनेर नचिने भिडियोमा बसेको उल्लुले टाउको घुमाएपछि बल्ल यसको वास्तविकता थाहा हुन्छ । अन्यथा भिडियोको शुरुवातमा यो कुनै खेलौना टेडी बियर जस्तो देखिन्छ ।

Real !#Majestic #Wildlife@ParveenKaswan @SudhaRamenIFS @susantananda3 @NaveedIRS @wti_org_india @World_Wildlife @WCCBHQ pic.twitter.com/mfVf7Y7tE4

— Rupin Sharma IPS (@rupin1992) May 29, 2021