फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप १३ हजार १८६ जनामा संक्रमण

By खबरहब

October 12, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १३ हजार १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ८४ हजार ४७९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख २१ हजार ३७ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन १७७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ९९१ पुगेको छ ।