खेलकुद

विश्वकप छनोट :  क्रोएसिया र स्लोभाकियाको बराबरी

By खबरहब

October 12, 2021

काठमाडौँ- फिफा विश्वकप फुटबलमा क्रोएसिया र स्लोभाकियाले बराबरी खेल्दै अंक बाँडेको छन् ।

सोमबार राति भएको खेलमा क्रोएसियाले स्लोभाकियासँग २-२ गोलको बराबरी खेलेको हो ।

स्लोभाकियाका लागि इभान श्रान्ज र लुकास हरास्लिनले गोल गरे । क्रोएसियाका लागि आन्द्रेज क्रमारिच र लुका मोड्रिचले गोल गरे ।

बराबरीसँगै समूह एचको क्रोएसिया ८ खेलमा १७ अंक जोड्दै दोस्रो स्थानमा छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।