समाचार

बालिका दिवशमा ‘बालिकासँग उपमेयर’

By खबरहब

October 12, 2021

झापा- अन्तर्राष्ट्रिय बालिका दिवशको अवसर पारेर दमकमा बालिकासँग उपमेयर कार्यक्रम सञ्चालन गरिएको छ ।

नगर वालसञ्जाल मार्फत सोमबार नगरपालिकाले वालिकाहरुका प्रश्न र जिज्ञासा सुन्न अनि उपमेयरका अनुभव र सुझाव सुनाउन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपमेयर गीता अधिकारीले आफू साना छँदा, किशोरी हुँदा एवम् प्राध्यापन हुँदै राजनीतिसम्म आउँदाका अनुभव सुनाएकी थिइन् ।

यस्तै बालिकाहरुले अभिभावक, शिक्षक एवम् साथीभाइबाट हुने गरेको व्यभार, असन्तुष्टि तथा अपेक्षाहरु राखेका थिए । यस्तै कमल बाल सञ्जालकी अध्यक्ष प्रितिका सुवेदीले हिंशाका नसहन बालिका तथा आफ्ना दौतरीहरुलाई प्रोत्साहित गरेकी थिईन् ।

नगरप्रमुख रोमनाथ ओलीले बालबालिकाहरुलाई सानैदेखि आत्मविश्वासी बनाउन र सकारात्मक कार्यमा प्रेरीत गर्न यस प्रकारको कार्यक्रम फलदायी हुने बताएका छन् ।