धर्म / संस्कृति

नवरात्रभर गर्न नहुने १६ कार्य

By खबरहब

October 12, 2021

असोज २१ बाट शुरु भएको दशैंको अहिले नवरात्र जारी छ । माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुने धार्मीक विश्वासमा नवरात्रिमा देवीको ९ दिनको ब्रत र पूजा गरीन्छ ।

यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्ने धार्मीक विश्वास छ । नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे थाहा पाउनुहोस् ।

– नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ । – नवरात्रका बेला खानामा प्याज, लसुन र माछा–मासु समावेश नगर्नु राम्रो मानिन्छ । – नवरात्रिको ब्रत राख्दा खानामा सिधे नुनको प्रयोग गर्नुपर्छ । – ९ दिनको ब्रत राख्दा कालो रङको कपडा लगाउनु हुदैँन । – यो बेला तिखो वस्तुको प्रयोग गरी हुने काम गर्न बन्देज गरीएको छ । – नवरात्रको ब्रतमा बेल्ट, पर्स, चप्पल–जुत्ता, ब्यागजस्ता छालाका वस्तुको प्रयोग गर्नु हुँदैन । – मन्दिर प्रवेश गर्दा पनि पहिला यी सबै कुरा बाहिर राखेर जानुपर्छ । – नवरात्रिमा कलश स्थापना र अखण्ड बत्ति बालेको भए घर खाली छाड्नु हुदैँन । – यो बेला पूजा कोठालाई फोहोर पार्नु हुदैँन । – बत्ती नबाली कहिले पनि कुनै पनि शक्तिको पूजा गर्नु हुदैँन । – नवरात्रका बेला मांसाहार, मदिराजन्य वस्तुबाट टाढा रहनुपर्छ । – ब्रतमा शारीरिक र मानसिक दुबै प्रकारको संयम आवश्यकता छ । – विष्णु पुराणका अनुसार नवरात्रिको समयमा दिउँसो सुत्नबाट बच्नुपर्छ । – यो बेला मनमा कपट राख्न वा कुनै पनि अपशब्द भन्नबाट पनि जोगिनुपर्छ । – नवरात्रिका बेला नङ काट्न पनि मनाहि छ । – नवरात्रिमा ९ दिन ब्रत राख्नेहरुले दाह्री–जुङ्गा र कपाल काट्नुहुँदैन ।