जीवनशैली

मासु काटेपछि कसरी सुरक्षित राख्ने ?

By खबरहब

October 12, 2021

काठमाडौँ– आज दशैंको सातौ दिन फुलपाती ।

आज धेरैको घरमा खसी, बोका काट्ने गरिन्छ । तर जान अन्जानमा खसी बोका लगायतका पशु पक्षीं काट्न प्रयोग गर्ने हतियारदेखि भाडासम्ममा ध्यान पुयाईदैन । जसका कारण आफैले तयार पारेको मासुका कारण झन् स्वास्थ्यमा हानी हुनसक्छ । यस्तोमा के के कुरामा ख्याल गर्ने त ?

– मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । – लामो समयसम्म प्रयोग नगरेको हतियारले मासु काट्ने भए राम्रोसँग सफा गर्नु पर्दछ । – मासुका भाग छुट्याउन सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । – यस्तै मासु राख्ने भाडा सफा हुन जरुरी छ । – मासु पकाउँदा लामो समय दिएर पुरै पाक्ने गरि पकाउनु पर्दछ । – मासुलाई खुला वा झिगां भन्कने ठाँउमा राख्नु हुँदैन । – मासु राख्दा अनिवार्य छोप्नुपर्छ । – सकेसम्म लामो समयदेखिको मासुलाई प्रयोग गर्नु हुँदैन । – यदि राख्नै परे सुरक्षित साथ फ्रिजमा राख्नुपर्छ । – पाकेको मासु नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किटाणु सर्ने सम्भावना हुन्छ । – आन्द्रा–भुडी राम्रोसँग सफा गरिसकेपछि मात्र प्रयोग गर्नुपर्छ । – यो पखाल्न सफा पानीको प्रयोग र अनुभवी मानिसले मात्र पखाल्नु पर्दछ ।

यसरी मासु तयार पार्दा सम्भावित कैयौँ स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।