खेलकुद

विश्वकपमा स्पेनको सम्भावना बलियो, स्वीडेन जर्जियासँग पराजित

By खबरहब

November 12, 2021

काठमाडौँ – विश्वकप २०२२ को युरोपेली छनोट अन्तर्गत समूह ‘बी’को खेलमा स्पेनले ग्रिसलाई १-० ले पराजित गरेको छ ।

खेलको २६औं मिनेटमा पाब्लो सारबियाको निर्णायक गोलसँगै स्पेनले ग्रिसलाई पराजित गर्यो । यससँगै स्पेन शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा १५ अंकका साथ स्वीडेन दोस्रो स्थानमा छ । सात खेलबाट नौ अंक जोडेको ग्रिस तेस्रो स्थानमा छ ।

यो समूहको शीर्ष स्थानमा रहेको स्वीडेन जर्जियासँग २-० ले पराजित भएको थियो । जसको फाइदा उठाउँदै स्पेन शीर्ष स्थानमा उक्लिएको हो ।

समूहको अन्तिम खेलमा आइतबार स्पेनले स्वीडेनको सामना गर्दैछ । सो खेल बराबरीमा टुङगिए पनि स्पेन विश्वकप २०२२ को लागि छनोट हुनेछ ।