खेलकुद

दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम ब्राजिल बन्यो

By खबरहब

November 12, 2021

काठमाडौँ- विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई १-० गोलले पराजित गर्दै विश्वकपमा छनोट भएको छ ।

यससँगै ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ । छनोट प्रतियोगितामा अपराजित रहदै ब्राजिल कतारमा सन् २०२२ मा हुने विश्वकपका लागि छनोट भएको हो ।

यससँगै ब्राजिलले १२ खेलबाट ३४ अंक जोडेको छ । कोलम्बिया १६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

ब्राजिलले ११ जित र एक बराबरीको नतिज आत्मसाथ गर्यो । छनोट खेलमा कुल २७ गोल गरेको ब्राजिलले मात्र ४ गोल ब्यहोर्यो ।

छनोटकै अन्य खेलमा चिलीले पाराग्वेलाई र इक्वेडरले भेनेजोयलालाई समान १–० गोल अन्तरले हरायो ।