राजनीति

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा, प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन वकिलहरू भेला

By खबरहब

November 12, 2021

काठमाडौँ – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानैदेखि शसस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई परिचालन गरिएको हो ।अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा सतर्कता बढाइएको बताएका छन् । सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको हो ।

हरेक वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली रामशाहपथ क्षेत्रमा खटिएको छ ।

अहिले बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई प्रवेश गर्न नदिन बारका वकिलहरु विभिन्न नारा लेखिएका नारा र प्लेकार्ड बोकेर गेटतर्फ अघि बढेका छन् ।