समाचार

प्रधानन्यायाधीश राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरे (भिडियोसहित)

By खबरहब

November 12, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन जारी रहँदा राणा भने मुख्य गेट छलेर अर्को गेटबाट सर्वोच्च प्रवेश गरेका हुन् ।

बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् ।

मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् ।

महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।

प्रधानन्यायाधीश राणा १० :५५ बजे सर्वोच्च प्रवेश गरेका हुन् ।

अहिले नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा आन्दोलन जारी छ ।

मूलबाटो छलेर सर्वोच्च प्रवेश गर्दै प्रधानन्यायाधीश राणा