सांकेतिक तस्बिर

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

By खबरहब

November 12, 2021

झापा– झापाको कमल गाउँपालिका ५ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतस्थित लभडाँडा भन्ने ठाउँमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल ५ का २४ बर्षिय डिल्लीराम शाही रहेका छन् ।

बिहीबार अपरान्ह ४ बजे भएको दुर्घटनाका घाईते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउदै गरेको प्र१–०२–०४१प २००० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकोमा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा पछाडी सवार घाईते ईटहरी–२० का २५ वर्षिय रुपम तामाङको भने उपचार भईरहेको प्रहरीले जनाएको छ ।