मनोरञ्जन

पाँचथरमा खिचियो ‘छेक्यो मायाले’

By खबरहब

November 12, 2021

काठमाडौं–पाँचथरको ऐतिहासिक स्थलहरुमा छायांकन गरिएको गीत ‘छेक्यो मायाले’को भिडियो निर्माण गरिएको छ । गीतमा सुरेश अधिकारीको शब्द, संगीत तथा तारा लावतीको स्वर छ ।

माता पाथीभरा फिल्मस् ललितपुरले निर्माण गरेको भिडियोमा सागर केरुङको निर्देशन छ । फिल्म निर्देशक किशोर सुब्बा निर्माता रहेको भिडियोमा मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, विवेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाको अभिनय छ ।

भिडियोमा सञ्जय आचार्यको छायांकन छ । भिडियो जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि अमेरिकाबाट सार्वजनिक हुँदैछ ।