राजनीति

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : गिरिराजमणि पोखरेल

By खबरहब

November 12, 2021

महोत्तरी – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चाोलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताएका छन् ।

जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा रहेका बेला उनको यस्तो अभिव्यक्ति आएको हो ।

न्यायाधीशहरूले न्यायलयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउँदै उनले जबराको विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिएका छन्।