अवार्ड

प्रिमियरमा रुचाइयो ‘द भ्वाइस किड्स’

By खबरहब

November 12, 2021

काठमाडौं–शुक्रबार बेलुकीबाट हिमालय टीभीमा प्रशारण हुने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहिबार बेलुकी एफक्यूब हलमा प्रिमियर गरिएको छ । आयोजकले पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुमाझ प्रिमियर गरेको हो ।

६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुले सहभागीता जनाएको यो कार्यक्रमको ‘ब्लाइन्ड अडिसन’ शुक्रबारबाट प्रशारण हुनेछ ।

प्रिमियरमा उपस्थित व्यक्तिहरुले बालबालिकाहरुको भावनालाई समेत ध्यानमा राखेर उत्कृष्ट तरिकाले शो तयार पारिएको प्रतिक्रिया दिएका थिए । शोका निर्देशक लक्ष्मण पौडेलले प्रिमियरमा विभिन्न क्षेत्रका मानिसहरुले दिनु भएको प्रतिक्रियाले उत्साह थपेको बताए ।

शोका निर्माता तथा सञ्चालक सुशिल नेपालले बालबालिकाहरुसँग जोडिएको यो शोको छायांकनका क्रममा आफू कैयौं पटक रोएको बताए । शोमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन नेवार कोचका रुपमा छन् ।