राजनीति

नेकपा (एस)को केन्द्रीय कमिटी बैठकको एजेण्डा तय

By खबरहब

November 12, 2021

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले शनिबार शुरू हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ ।

नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले शनिबार शुरू हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्य र कार्य कार्यबारे बैठकलाई जानकारी गराउनेसम्म छ ।