राजनीति

माओवादी केन्द्रका सदस्य संख्या ६ लाख ७५ हजार

By खबरहब

November 12, 2021

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी सदस्य संख्या ६ लाख ७५ हजार पुगेको जनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहीबार साँझसम्म साढे ५ लाख सदस्यको विवरण अभिलेख भएको छ भने १ लाख २५ हजार जति अभिलेखीकरणको चरणमा छ ।

प्रदेश २ र १ तथा अन्य प्रदेशका विकट गाउँबाट सदस्यहरुले भरेका फर्म आउने क्रम जारी रहेको उनको भनाइ छ ।

वाग्मती प्रदेशबाट सबैभन्दा बढी सदस्यता भरिएको उनले बताएका छन् । एक वर्षमै ३० लाख सदस्य बनाउने लक्ष्य राखेको माओवादी केन्द्रले एक महिनामा नवीकरण र नयाँ सदस्यता भर्ने संख्या पौने ७ लाख पुगेको जनाएको हो ।