राजनीति

गुठीको समस्या सरोकारवालासँगको छलफलबाट टुंग्याउँछु : मन्त्री श्रेष्ठ

By खबरहब

November 12, 2021

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दीर्घकालीन रुपमा समस्या समाधान हुनु पर्ने बताएकी छन् ।

सरोकारवालहरुसँग शुक्रबार मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै गुठीलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् ।

उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडि बढ्ने पनि बताइन् ।

छलफलमा गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने, सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नु पर्ने सुझाव दिएका थिए ।