अन्तर्राष्ट्रिय

बङ्लादेशमा ओमिक्रोन प्रवेश

By खबरहब

December 12, 2021

काठमाडौँ – कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण बङ्लादेशमा पनि पुष्टि भएको छ ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार बङ्लादेशमा पनि ओमिक्रोनबाट सङ्क्रमित पहिलो दुई बिरामी भेटिएका छन् ।

स्वास्थ्यमन्त्री जहिद मालेक्युले सङ्क्रमित हुनेमा दुई महिला खेलाडी रहेको जानकारी दिएका छन् । विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्लादेशका क्रिकेट खेलाडिहरुको समूहका सदस्यहरु सङ्क्रमित भएका हुन् ।

सङ्क्रमित भएका खेलाडि जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुलाई अहिले ढाकास्थित होटल आइसोलेशनमा राखेर उच्च सतर्कताका साथ उपचार गराइएको पनि अधिकारीहरुले जनाएका छन् ।

उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुले उनीहरुको अवस्थास्थिर रहेको जानकारी दिएका छन् ।