राजनीति

उम्मेदवारी मनोनयन फिर्ता लिने समय डेढ घण्टा लम्बियो

By खबरहब

December 12, 2021

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयन फिर्ता लिने समय डेढ घण्टा थपेको छ ।

यसअघि सार्वजनिक गरिएको कार्यतालिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएकोमा थप डेढ घण्टा समय बढाएर १२ : ३० बजेसम्म पुर्‍याइएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म २ जनाले मात्र उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनले उम्मेदवारी फिर्ता लिएपछि प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएको उनले बताए ।

आफ्नो असहमतीमा नै उम्मेदवारी दर्ता गराइएको भन्दै नेता मीन विश्वकर्माले पनि उम्मेदवारी फिर्ता गरेका छन् ।

आइतबार बिहान नेता विश्वकर्माले फिर्ताका लागि निर्वाचन समितिमा निवेदन दिएका थिए । सभापति शेरबहादुर देउवाको प्यालनबाट पदाधिकारीमा उम्मेदवारी दिन लागेका विश्वकर्मा सो टिममा अटाएका थिएनन् ।