sf7df8fF}, @^ dªl;/M kqsf/ ;Dd]ngdf dxfgu/ lbj; sfo{qmdaf/] hfgsf/L sf7df8f}F dxfg/kflnsfsf] @& cfF} dxfgu/ lbj; dgfpg] ;DaGwdf cfOtaf/ cfof]lht kqsf/ ;Dd]ngdf dxfgu/ lbj; sfo{qmdaf/] hfgsf/L lbFb} dxfgu/ k|d'v ljBf;'Gb/ zfSo . tl:a/ M /Tg >]i7÷/f;;

राजनीति

आफू मेयर भएपछि जताततै सडक बनाएँ : मेयर शाक्य

By खबरहब

December 12, 2021

काठममाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएपछिको साढे चार वर्षमा १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे (पिच)  गरेको बताएका छन् ।

२७औँ महानगर दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले साढे चार वर्षमा १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको पनि बताए ।

आफू निर्वाचित हुँदा कार्यालयका कयौँ भौतिक पूर्वाधारसमेत नरहेको बताउँदै उनले आफ्नै कार्यकालमा वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी छ वटा नयाँ वडा कार्यालय निर्माण भएको जानकारी दिए ।

यस्तै वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी दश वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरुको स्तरोन्नति गरिएको उनले प्रगती प्रस्तुत गरेका छन् ।

अहिलेसम्म  ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको जानकारी पनि उनले दिए । जसमा २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन/निर्देशन छन् ।