राजनीति

कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताको समय १ बजेसम्म पुर्‍याइयो

By खबरहब

December 12, 2021

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयन फिर्ताको समय १ बजेसम्म पुर्‍याएको छ ।

यसअघि थपिएको समयावधिअनुसार उम्मेदवारी फिर्ता लिने १२ : ३० बजेसम्म पुर्‍याइएको थियो। अब यो समय १ बजेसम्म पुगेको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा सभापतिका उम्मेदवार युवराज न्यौपाने, एक जना सहमहामन्त्री र ५८ जना केन्द्रीय सदस्य छन् ।