फाइल फोटो

आर्थिक

शेयर बजारमा पहिरो, सबै परिसूचक राताम्मे

By खबरहब

December 12, 2021

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापक परिसूचक नेप्से ८८ दशमलव ७० अंकले घटेर २३ सय ६१ दशमलव २७ विन्दुमा रोकिएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंकले घटेर ४५० दशमलव ०८ विन्दुमा पुगेको छ ।

कारोबार रकममा पनि गिरावट आएको छ । २ सय २८ कम्पनीका ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँ बराबरको ७४ लाख ६० हजार ८ सय ७४ कित्ता खरिद विक्रि भएको छ । १३ वटै उपसमूहका सूचक आइतबार राताम्मै छन् ।