धर्म / संस्कृति

यो यस्तो स्थान जहाँ संसारभरबाट मर्नको लागि पुग्छन् मानिस

By खबरहब

January 13, 2021

काठमाडौँ– भनिरहनु पर्दैन जन्म र मृत्यु भनेको यो संसारकै शाश्वत सत्य हो । जो जन्मिन्छ, उसको एक न एक दिन मृत्यु निश्चित छ ।

मृत्युलाई कसैले नकार्न सक्दैन । कोही पनि मानिस चाँडै मर्न चाहँदैन । यसैबीच भारतको उत्तर प्रदेशमा काशीमा एक भवन बनाइएको छ ।

यसको निर्माण १९०८ मा भएको थियो । यसलाई मुक्तिका भवनको नामले जान्ने गरिन्छ । त्यहाँ एउटा किताव यस्तो छ कि, जसमा आउने र जानेको नाम दर्ता गरिन्छ ।

त्यहाँ केहि मानिस वर्षभर बस्नको लागि समेत जाने गर्दछन् । त्यहाँका मानिस मर्नको लागि जाने गर्छन् । उनीहरुको २ हप्तामा मृत्यु हुने गरेको बताइएको छ ।