रोचक/विचित्र संसार

दुलहालाई दाईजोमा वियर दिने अनौठो चलन

By खबरहब

January 13, 2021

काठमाडौँ– विवाह एक तर रीतिरिवाज अनेक । विवाह बन्धनलाई एक पवित्र बन्धनका रुपमा मान्ने गरिन्छ ।

हिन्दुहरुले सात फेरा लगाउने जस्तै अन्य धर्म परम्परामा अन्य विधिहरु हुने गर्छन् । विवाहमा हामी सबैले देखेका नै छौँ बेहुलीको तर्फबाट दाईजोको रुपमा बेहुलालाई अनेक कुराहरु दिने गरिन्छ । दाईजोको पनि ठाउँ अनुसार फरक फरक दिने चलन छ ।

तर आज हामी दाईजोको रुपमा बेहुलालई दिएको यो अनौठो उपहारका बारेमा चर्चा गर्दैछौँ । भारतको छत्तिसगड स्थित बस्तर गाउँमा विवाहमा बेहुलालाई वियर दाईजो दिने प्रचलन छ । यो वियर एउटा रुखको रसबाट बनाइन्छ । जसको वैज्ञानिक नाम केरियोटा यूरेन्स रहेको छ । यो वनस्पतिलाई सल्भी पनि भन्ने गरिन्छ ।

साथै मोहकारीको नामबाट पनि यो वनस्पतिलाई चिन्ने गरिन्छ । वैज्ञानिकहरुका अनुसार एउटा रुखले २० लिटर मादक पदार्थ दिन्छ । यो रुख छत्तिसगड स्थित बस्तर गाउँमा अर्थ व्यवस्थाका लागि पनि महत्वपूर्ण मानिन्छ ।

यहाँका कन्याहरुको विवाह अन्य स्थानको जस्तै गरी गरिन्छ तर उनीहरुलाई दाईजोमा उक्त रुख दाईजो दिने प्रचलन रहेको छ । स्थानीयहरुका अनुसार सल्फीको एउटा रुख एक एकड जग्गा जत्तिकै बहुमूल्य हुन्छ । एजेन्सी