अन्तर्राष्ट्रिय

अमेरिकी संसदमा नेपालको महामारीबारे छलफल

By खबरहब

May 13, 2021

काठमाडौँ- अमेरिकी संसदमा नेपालमा बढेको कोरोना भाइरसको महामारीबारे छलफल भएको छ ।

सिनेटको फरेन रिलेसन्स कमिटीमा नेपालमा कोरोना महामारी र नेपाललाई दिनुपर्ने सहयोगको विषय उठाएका हुन् ।

युएसएआईडी सिनेट टास्कफोर्सका कार्यकारी निर्देशक जेरेमीले कोभिड –१९ मा सहयोगको निमित्त नेपाललाई थप १० मिलियन डलर  छुट्याइएको जानकारी दिए । यसअतिरिक्त नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पठाउने विषय पनि छलफलमा आएको छ ।

नेपाललाई दिइने उक्त सहयोग कोभिड रेस्पोन्सको अपतकालीन फण्डबाट दिइने जेरेमीले जानकारी दिएका छन् ।

तीनजना अमेरिकी सिनेटरहरुले नेपालमा फैलिएको महामारीलाई छलफलको एजेण्डा बनाएका थिए ।

सिनेटर भ्यान हाउलान्को नेपाललाई खोपलगायतका अत्याबश्यक सामग्री सहयताको निर्णय छिट्टै हुने जानकारी दिएकी थिइन् ।