अन्तर्राष्ट्रिय

इटालीमा विजयी उत्सव मनाउने क्रममा एक जनाको मृत्यु

By खबरहब

July 13, 2021

काठमाडौँ- इटालीले युरोकप जितेको खुशीयालीमा रोममा निकालिएको विजयी उत्सवकाक्रममा एक जनाको मृत्यु भएको छ । कयौं घाइते भएका छन् ।

विजयी उत्सवका क्रममा सिसिली क्याल्लटागिरोनमा एउटा कार दुर्घटना हुँदा २२ वर्षीय एक युवकको मृत्यु भएको छ ।

इटालीको वित्तिय राजधानी मिलानमा १५ मानिस घाईते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भिर छ । एक जनाको अतिशबाजीको क्रममा तीन औला गुमेको छ ।

सोमबार बिहान इङ्ल्याण्डलाई पराजित गर्दै इटालीले सन् २०२० को युरोकपको उपाधि उचालेको थियो । इटालीले सन् १९६८ पछि पहिलो पटक युरोकपको उपाधि जितेको हो ।