फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा १६ हजार कोरोना संक्रमित थपिए

By खबरहब

October 13, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २१ जना कोरोना संक्रमित थपिएका छन् ।

‍ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सो संख्या थपिएसँगै कुल संक्रमितको संख्या ३ करोड ४० लाख ५ सय पुगेको छ ।

यही अवधिमा २२ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । यससँगै त्यहाँ कोरोना निको हुनेको संख्या ३ करोड ३३ लाख ३५ हजार ३०१ जना पुगेको छ ।

त्यहाँ थप २२९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कुल मृतकको संख्या ४ लाख ५१ हजार २२० जना पुगेको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख १३ हजार ९७९ छ ।