दशैँमा मटन चपली कबाब बनाउने तरिका

By खबरहब

October 13, 2021

मिठो मसिनो खाने चाँडका रुपमा दशैँ मानिन्छ । जो तपाई हाम्रो घर आगनमा आइपुगेको छ । यो बेला घरघरमा घोर्ले खसी ढाल्ने, त्यसको अनेक परिकार बनाउने गरिन्छ ।

पक्कु, सेकुवा, साँधेर, उसिनेर, भुटुवा बनाएर वा आन्द्रा–भुँडी लगायतका छुट्टाछुट्टै परिकार बनाएर खाने गरिन्छ । यसै मध्ये एक परिकार हो, मटन चपली कबाब । यो घरमै भएको मरमसला प्रयोग गरेर बनाउन सकिन्छ । र बनाउनका लागि धेरै समय पनि लाग्दैन ।

आवश्यक सामग्री – हड्डी नभएको मासुको किमा – अदुवा – काटेको – लसुन – काटेको – खुर्सानी – काटेको – हरियो धनियाँ – नुन – जिरा धुलो – धनियाँ धुलो – करी पाउडर – मिट मसला – प्याज – काटेको – कसुरी मेथी – कागति – रस निकालेर राख्ने – बटर (फ्राइ गर्न)

बनाउने तरिका क) किमामा अदुवा, लसुन, प्याज लगायत सबै मरमसला हालेर राम्ररी मिक्स गर्ने । ख) त्यसलाई स–साना रोटी जस्तै आकार बनाउने । ग) प्यानमा बटर हालेर तताउने र उक्त बटरमा मटन चपलाई डिप फ्राइ गर्ने ।

अब मटन चपली कबाब तयार भयो । यसलाई स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ । यसकालागि घरमै पुदिनाको पेस्टको अचार बनाउन सकिन्छ । त्यसकालागि पुदिनाको पेस्ट, दही, कालो नुन, चार्ट मसला, खुसार्नी धुलो आवश्यक हुन्छ । पुदिनाको अचारसंग मटन चपली कबाब खान सकिन्छ ।