जीवनशैली

बसमा यात्रा गर्दा बान्ता हुँदा के गर्ने ?

By खबरहब

October 13, 2021

दशैंमा घर जाने अहिले चटारो छ । सार्वजनिक यातायातमा अहिले दशैं मान्न घर जानेहरुको भिड थेगिनसक्नु हुन्छ । यस्तोमा बसमा यात्रा गर्ने कतिपयलाई बान्ता हुने गर्दछ । प्रायजसो लामो दुरीको यात्रा गर्दा बान्ता हुने गर्दछ ।

कसैलाई यात्रामा निस्कन साथ बान्ता हुन्छ भने कसैमा लामो यात्रा गर्दा यो समस्या देखा पर्दछ । यात्रा गर्ने क्रममा बान्ता हुनु एक कष्टकर क्षण हो । यसले शरीर कमजोर बनाउने मात्र होइन यात्रा नै नरमाइलो हुन्छ ।

बान्ता हुनुअघि देखा पर्ने लक्षण : – मुखमा पानी आउनु – वाकवाकी लाग्नु – टाउको दुख्नु – छटपटि हुनुु – पेट बाउडिने आदि

बान्ता हुनबाट बच्न के गर्ने ? – मास्कको प्रयोग गर्ने । – यात्रामा अनिवार्य खाना खाने । – टाढाको दृश्य हेर्ने । – चिल्लो कम भएको खानेकुरा खाने । – दुग्धजन्य पदार्थ, गुलियो, कोक नखाने ।

बान्ता रोक्ने घरेलु उपाय क) ल्वाङ यात्रा गर्ने क्रममा ल्वाङ मुखमा राखेर चुस्नाले वाकवाकी र बान्ता हुदैन ।

ख) अदुवा यात्रा गर्नुअघि अदुवा मिसाएको चिया खाएर यात्रा गरे बान्ता हुदैँन । साथै यात्रामा अदुवाको टुक्रका मुखमा राखेर चपाउँदा पनि बान्त हुदैँन ।

ग) धनिया धनियाको केहि दाना मुखमा राखेर चपाउनाले पनि वाकवाकी लाग्दैन ।

घ) जामुन जामुनको पात वा फलमा बान्ता रोक्ने औषधीय गुण हुन्छ त्यसैले जामुनको रस निकालेर पिउँदा पनि बान्ता हुदैन ।