देश/प्रदेश

विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

By खबरहब

October 13, 2021

काठमाडौँ– नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ ।

शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ ।

समितिका अनुसार शुक्रबार आठ बजेर १९ मिनटमा घटस्थापनादेखि पूजा गर्न थालिएकी देवीलाई विर्सजन गर्ने साइत छ ।