अन्तर्राष्ट्रिय

केन्याका राष्ट्रपति केन्याता अमेरिका भ्रमणमा जाँदै

By खबरहब

October 13, 2021

वासिङ्टन- केन्याका राष्ट्रपति उहुरु केन्याता अमेरिका भ्रमणमा जाने भएका छन् ।

उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिएका छन्।

यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बीचमा द्धिपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी हुने बताए। यसका साथै प्रजातन्त्र र शान्ति स्थापनाका साथै मानवअधिकारको रक्षा र अन्य द्धिपक्षीय हितका विषयमा उनीहरुले कुराकानी गर्ने बताइएको छ ।

त्यसैगरी उनीहरुका बीचमा जलवायु परिवर्तनबाट बच्ने उपायहरु अवलम्बन गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको अफ्रिकी नेतासँग भेटवार्ता हुन लागेको यो पहिलो पटक भएको प्रेस सेक्रेटरी पास्कीले जानकारी दिए।