खेलकुद

विश्वकप छनोट :  इटाली र स्वीट्जरल्याण्डको बराबरी

By खबरहब

November 13, 2021

काठमाडौँ- फिफा विश्वकप फुटबलको युरोपेली छनोटमा इटाली र  स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार राति भएको खेलमा इटाली र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेलका हुन् ।

११औँ मिनेटमा स्वीट्जरल्याण्डका विडमारले टिमलाई अग्रता दिलाए पनि इटाली ३६औँ मिनेटमा खेल फर्कियो । इटालीका जियोभानी डी लोरिन्जोले बराबरी गोल गरे ।

योसँगै एक खेल अगावै विश्वकपमा छनोट हुने मौका इटालीले गुमाएको छ । अब उसले अन्तिम खेलसम्म पर्खनुपर्ने भएको छ ।

समूह सीका इटाली र स्वीट्जरल्याण्डको समान १५ अंक छ । गोल अन्तरका आधारमा इटाली शीर्ष स्थानमा छ भने स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छ ।