प्रेरक

विश्वेश्वरप्रसाद कोइरालाका केही अमर वाणीहरू

By खबरहब

November 13, 2021

१. उत्तरदायी शासनको मुख्य पक्ष शासनमाथि दुनियाँको इच्छाको आधिपत्य नै हो ।

२. देशव्यापी आन्दोलन चलाउन सकिन्छ भने हिंसाको आवश्यकता नै पर्दैन ।

३. नेपाली काँग्रेसले हिंसाद्वारा राज्य कब्जा गर्न सक्यो भने पनि यस संस्थाले आफ्नो दलको शासन कायम गर्न र अहिलेको राणा परिवारको ठाउँमा त्यस्तै अर्को परिवार वा व्यक्ति समूहको निरङ्कुश शासन स्थापन हुन सक्छ ।

४. जुन आन्दोलनमा जनताको सक्रिय सहयोग हुँदैन त्यसबाट जनताको राज्य कायम हुन्छ भनेर चिताउनु रछ्यानलाई राम्रो देखे जस्तै हो।

५. हिंसात्मक बाटो राजनीतिक साहसिकता मात्रै हो । तातै खाऊँ जल्दै मरौँ भने झैँ हामी हतारियौँ भने हाम्रो प्रयत्न पनि व्यर्थै खेर जानेछ ।

६. अहिंसात्मक लडाइँको हतियार जनताको व्यापक सङ्गठन हो ।

७. सबैले आफ्नो कुरा मात्र ठिक हो र अर्काको अमान्य भन्ने लिँडेढिपी गरिरहने हो भने हामीले जनताको हतियारको रूपमा बनाउन चाहेको राष्ट्रिय संगठन कहिल्यै बन्दैन । त्यसका निम्ति हामीमा सहिष्णुता हुनु अत्यावश्यक छ ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट