प्रेरक

कर्मको महत्त्व : प्रेरक प्रसङ्ग

By खबरहब

November 13, 2021

एक पटक एउटा गरिब किसानले गौतम बुद्धलाई आफ्नो गाउँमा आउनको लागि ओइरो लागे तर त्यसै दिन बुद्धलाई गाउँमा बोलाउने किसानको गोरुको जोडी कतै हरायो । किसान अब दुबिधामा फस्यो ।

ऊ आफैले बोलाएर आएका महात्मा बुद्धको प्रवचन सुन्न जाने या आफ्नो गोरु खोज्ने । धेरै सोचेपछि उसले आफ्नो गोरु नै खोज्ने निर्णय गर्‍यो ।

घण्टौँ खोजेपछि उसले गोरु भेट्टायो । थाकेको किसान साँझमा घर आइपुग्यो र खाना खाएर सुत्यो ।

अर्को दिन ऊ सङ्कोच मान्दै बुद्धलाई भेट्न गयो । बुद्धले उनको समस्या बुझे र भने, मेरो दृष्टिमा यो किसान नै मेरो सच्चा अनुयायी हो । यसले उपदेशलाई भन्दा धेरै कर्मलाई महत्त्व दियो ।

यदि हिजो यो आफ्नो गोरु नखोजेर मेरो प्रवचन सुन्न आउँथ्यो भने यसले मेरो कुरा बुझ्ने थिएन, किनकि यसको मन अन्तै कतै भट्किरहेको हुन्थ्यो । यसले कर्मलाई महत्त्व दिएर सराहनीय कार्य गर्‍यो ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट