बलिउड/हलिउड

विक्की र कटरीनाको विवाह तयारीले तनावमा जयपुर

By खबरहब

November 13, 2021

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफ यसै वर्षको डिसेम्बरमा विवाह गर्दैछन् । जसको लागि तयारी पनि सुरु भइसकेको छ । यो जोडी लामो समयदेखि एकापसमा डेट गरिरहेका छन् र उनीहरुले जिन्दगीभर सँगै रहने निर्णय लिएका हुन् ।

उनीहरुले विवाह गर्ने स्थानका रुपमा राजस्थानलाई छानेका छन् । कटरीना चिसो मौसममा विवाह गर्न चाहेकाले उनीहरुले डिसेम्बर महिना रोजेका हुन् । विक्की र कटरीनाको विवाह हुन लागेको खबरले उनीहरुको फ्यान जति खुशी छन्, त्यो भन्दा ठिक विपरित जयपुरका मानिसहरु तनावमा छन् ।

विक्की र कटरीनाको विवाहको कार्यक्रम एक सातासम्म चल्नेछ । जसकारण उनीहरुले जयपुरका सबै गाडी भाडामा लिएका छन् । त्यसकारण जो मानिसहरु राजस्थान जाने तयारी गरिरहेका छन्, उनीहरुले भाडामा गाडी पाउन सकेका छैनन् ।

डिसेम्बरका लागि जो मानिसहरुले होटल बुक गरेका छन् । त्यहाँसम्मको यात्रामा उनीहरुले निकै समस्या भोगिरहनु परेको छ । विक्की र कटरीनाको विवाहका कारण सर्वसाधारण मात्र होइन, बलिउडका कलाकारले पनि सास्ती भोग्नु परेको छ । किनकी फिल्म निर्माताहरु राजस्थानको जयपुरमा डिसेम्बरमा सुटिङ गर्ने योजना बनाइरहेका छन् । तर उनीहरुले गाडी पाउन सकेका छैनन् ।

विक्की र कटरीनाको विवाहको तयारी करिब पुरा भइसकेको छ । उनीहरुले पाहुनाका लागि यात्राको सम्पूर्ण व्यवस्था मिलाएका छन् । पाहुनालाई एयरपोर्टदेखि होटलसम्म कुनै समस्या नहोस् भनेर एक विशेष टिम नै बनाएका छन् ।