फाइल फोटो

प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सको निगरानीमा आराम गर्दै

By खबरहब

November 13, 2021

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनको आज महोत्तरी जाने कार्यक्रम रद्द भएको छ । आज रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्डको सहभागी हुने कार्यतालिका रहेको थियो।

प्रचण्ड नआउने भएपछि केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडका बताएका छन्।

नेकपा माओवादीका महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको हो ।