राजनीति

हाम्रो लडाइँ दक्षिणपन्थी र प्रतिगमनविरुद्ध होः माधव नेपाल

By खबरहब

November 13, 2021

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिलेको लडाइँ दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका छन् ।

शनिबार काठमाडौँमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए । उनले अहिले आफुहरूको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताए।

आफुहरूले सामाजिक न्यायसहितको समाजवाद चाहेको उनको भनाइ थियो । पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको बताउँदै आफू नेतृत्वको पार्टीमा कार्यकर्ता प्रवेशको लहर नै चलिरहेको दाबी गरे

अध्यक्ष नेपालले गलत प्रवृति र बानी त्याग्न पत्रकारहरूलाई सुुझाव पनि दिएका छन् । उनले जनतालाई सुुसुचित गर्ने कामका साथै देशलाई मार्गदर्शन गर्ने माध्यम बन्न आग्रह गरेका छन् ।