सांकेतिक तस्बिर

समाचार

२५० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

November 13, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १९३ कोरोना संक्रमितको आईसीयूमा र ५७ को भेन्टिलेटरमा गरी कुल २५० जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २४ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११३ जना आईसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदूरपश्चिम प्रदेशमा २ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।