राजनीति

प्रचण्ड अस्वस्थ, अस्पताल भर्ना

By खबरहब

November 13, 2021

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।

धपेडीले रक्तचाप बढेर स्वास्थ्यमा समस्या आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको उनले उल्लेख गरेकी छन् ।

गंगाका अनुसार अहिले अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिने छ ।