अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा सेनामाथि आक्रमण, कर्णेलसहित ७ जना मारिए

By खबरहब

November 13, 2021

नयाँ दिल्ली– भारतको मणिपुरमा शनिबार सेनामाथि आक्रमण भएको छ । मणिपुरको चूरचंदपुरमा भारतीय सेनाको एक समूहमाथि आक्रमण भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आक्रमणमा एक कर्णेल, उनकी श्रीमती र उनका ८ वर्षीय छोरासमेत असम राइफल्सका ४ जनावको मृत्यु भएको छ ।

यो आक्रमणमा मारिएका कर्णेल विप्लव त्रिपाठी ४६ असम राइफल्सका कमाडि अफिसर थिए । अधिकारीहरुले यो आक्रमण दिहेंग इलाकाबाट तीन किलोमीटर टाढा भएको बताएका छन् । आक्रमणमा थप ४ जना जवान घाइते भएका छन् ।

केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले यो आक्रमणलाई कायरतापूर्ण आक्रमण भनेका छन् ।

Convoy of a Commanding Officer of an Assam Rifles unit ambushed by terrorists in Singhat sub-division of Manipur’s Churachandpur district. Family members of officer along with Quick Reaction Team were in convoy. Casualties feared. Ops underway, details awaited: Sources

— ANI (@ANI) November 13, 2021