फाइल फोटो

राजनीति

प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने उपराष्ट्रपतिको भनाइ

By खबरहब

November 13, 2021

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा किराँत राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले बिभिन्न आन्दोलनका कारण नै किराँत राईलगायतका समूदायको प्रतिनिधित्व बढेको भन्दै यसलाई संस्थागत गर्न एकतावद्ध हुनुपर्ने बताए ।

उनले राजनीतिक, सामाजिक, आर्थिक लगाएतका अधिकारलाई प्राप्तका गर्नका लागि पनि संगठित हुनुपर्ने धारणा राखे । उनले अहिले मुलुक बिकास र समृद्धिको बाटोमा रहेको भन्दै जनताको जीवनमा सकारात्म प्रभाव पार्ने गरी समृद्धिको नारालाई पुरा गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको बताए । प्रदेशको नामाङ्करणका बिषयमा आफू बहुपहिचानबाट पछाडि नहट्ने उनले बताए।

उनले पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने नेताहरुले जनतालाई धोका दिन नहुने टिप्पणी गरे ।