देश/प्रदेश

महोत्तरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा सहमति जुटेन

By खबरहब

November 13, 2021

महोत्तरी– नेकपा एमाले महोत्तरीको महाधिवेशन प्रतिनिधि चयन गर्न बसेको बैठक शनिबार पनि निष्कर्षबिहीन बनेको छ ।

महाधिवेशन प्रतिनिधिका आकांक्षीबीच विवाद भएपछि बैठकमा सहमति जुट्न सकेन ।

सर्वसम्मतिमा चयन हुने अवस्था नदेखिएपछि आइतबार जिल्ला कार्यालयको बैठक बसेर निर्वाचन आयोग गठन गर्ने तयारी भइरहेको नेकपा एमाले महोत्तरीले जनाएको छ ।

महोत्तरीमा एमालेका लगभग १७ हजार ७ सय सदस्य रहेको र ४ वटै क्षेत्रबाट सदस्य संख्याको आधारमा विधानअनुसार महोत्तरी जिल्लाबाट २८ जना प्रतिनिधि चयन गर्नुपर्ने नेकपा एमाले महोत्तरीका इन्चार्ज टेक बहादुर बलाम्पाकीले जानकारी दिए ।