राजनीति

जुम्लाबाट छानिए एमाले महाधिवेशन प्रतिनिधि

By खबरहब

November 13, 2021

जुम्ला– जुम्लामा नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ ।

खुलातर्फ बलबहादुर महत, टेकराज पछाई, शान्तिलाल महत, रतननाथ योगीलाई प्रतिनिधि चयन गरिएको छ ।

त्यसैगरी महिलातर्फ मेनका पछाई, चुक्की शाही रहेको नेकपा एमाले प्रचार विभाग मूल व्यवस्थापन समितिका प्रमुख सुमन आचार्यले बताए । दलिततर्फ राम नेपाली चयन भएको उनले जानकारी दिए ।