अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई कोरोना संक्रमण

By खबरहब

December 13, 2021

एजेन्सी- दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि उनको अहिले उपचार भइरहेको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आइतबार संक्रमण पुष्टि भएपछि आराम गरिरहेका उनले उपराष्ट्रपति डेविड माबुजालाई राष्ट्रपतीय अधिकार प्रत्यायोजन गरेका छन् ।